काठमाडौं : सागको रौनकताले देशको माहोल तातेको छ। देशसँग जोडिएको प्रतिष्ठित खेलसँग अहिले अन्तर्राष्ट्रिय नजर नेपालमा छ। हरेक नेपालीहरूले पनि यस खेललाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरिरहेका छन्।
यस्सैमाथि हरेक खेलाडीहरूले देशको लागि स्वर्ण पदको वर्षा गरिरहेका छन्। नेपालको खेलाडीहरू माथि राज्य हेर्ने नजर सम्मानजनक नभइरहेको अवस्थामा पनि खेलाडीहरूले उच्च मनोबलका साथ स्वर्ण जित्ने कुनै अवसर चुकाएका छैनन्।
१३ औ साग अन्तरगत सोमबार ४५ केजी तौल समूहको स्वर्ण कुशुम खड्काले जितिन्। उनले स्वर्ण जितेर नेपालको झण्डा फर्फराउदाँ कुनामा थिइन उनी आमा।
छोरीको उपलब्धीको साँची बनेकी उनी सिन्धुपाल्चोकबाट आएकी थिइन्। उनी आँखाबाट झरेको आँशु झार्दै भन्दै थिइन्, 'छोरीले जित्दा भन्दा पनि छोरीको जीतमा ताली बजाउनेहरू देखेर गर्व लाग्ने रहेछ। मैले आँशु रोक्नै सकिन्।'
उनले छोरीले खेल खेलेको पहिलोचोटी हेरेकी थिइन्। आजको दिनसम्म छोरीलाई एक थप्पड नलाएकी उनले अर्काले लत्ताले हान्दा चाहीँ मन अमिलो भएको भन्दै मुस्कुराईन्। आफ्नी छोरीले देशको झण्डा बोकेर हिडेको पल आफ्नो जिन्दगीको सबैभन्दा खुशी क्षण भएको बताइन्।
कुशुमले पनि आफ्नो वर्षौदेखिको मिहिनेत र धैर्यताको प्रतिफल भएको बताइन्। भर्खर २२ वर्षमा लागेकी उनले साफ जित्नु आफ्नो पहिल्यै देखिको धोको पुरा भएको खुशी साटिन्। घरबाट लुकी लुकी कराते सिक्न जान्थिन् उनी। सधैँ अनेक बहाना बनाएर छोरी हिडेको देख्दा एक कुशुमकी आमाले पनि उनलाई पिछा गरिन्।
उनी घरबाट लुकेर कराते सिक्न जाँदा सुरू सुरूमा पढाई बिगार्छे की भन्ने लाग्थ्यो उनलाई। 'खेल्दा कहिले खुट्टा मड्क्यो भन्थी, कहिले हात। एकदिन खुट्टाको मासु च्यातिएछ। खेल्न छोड भनेकी थिएँ। तर पनि छोरीले खेल्न छोडिन' , कुशुमकी आमा भन्छिन्, 'यो खेल जित्न पो खेल्न छोडेकी रहेछनछ भन्ने लागिरहेको छ।' आफ्ना सन्तानले देखेको सपना पुरा गर्न दिनुपर्ने उनले बताइन्।
कुशुम जस्ता धेरै छोरीहरूले अवसर पाएका छैनन्। उनीहरूले पनि अवसर पाए धेरै सफलता हासिल हुन सक्थ्यो। 'हामीले त अवसर पाएनौं। हाम्रा छोरीहरू सधैँ घरदैलो गरेर हुदैँन। अवसर पाए छोरीहरू धेरै माथी पुग्न सक्छन्।' कुशुमकी आमाले भनिन्।
विभिन्न तौल समुहको प्रतिस्पर्धामा नेपालले कराते तर्फ स्वर्ण पदककाे बर्सा गरेकाे छ। त्यही स्वर्ण प्राप्त गर्ने अर्की चेली हुन् अनु अधिकारी। नुवाकोट घर भएकी उनले ५० केजी तौल समूहमा स्वर्ण जितिन्। उनले उनले श्रीलंकाकी खेलाडीलाईलाई पराजित गरेकी थिइन्।
राष्ट्रको नाममा पदक ल्याउने हरेक खेलाडीको चाहना हुन्छ। आफ्नो चाहनापनि पूरा भएको अधिकारीले बताइन्। ११औ साफमा उनले रजत पदकमा चित्त बुझाएकी थिइन्। ९ वर्ष पश्चात् आफूले त्यो हारबाट सिकेर स्वर्ण प्राप्त गर्न सफल भएको बताइन्।
करातेमा उनले स्वर्ण मात्र जितेकी छैनन्। उनले आफनो घरपरिवार, आफन्त र छिमेकीहरूको पनि न जितिन्। पहिले पहिले घरबाट सपोर्ट थिएन्। तर बिस्तारै परिवारलाई बुझाएर आफू कराते सिक्न लागको उनी सुनाउछिन्।
उनले यो जितबाट हारलाई पाठको रूपमा लिनुपर्ने बुझेको बताइन्। उनका कतिपय साथिहरू करातेको सिकाइको फेजबाट घर फर्किएका छन्। कराते खेल मात्र होइन्। यस भित्र आबद्ध भएपछी अनुशासन, बोल्ने तरिका त्यो भन्दा ठूलो सेल्फ डिफेन्सबारे धेरै कुरा सिकेको बताइन्।
देशले खेलाडीलाई गहनाको रूपमा परिभाषीत गर्छ। हाम्रो समाजमा गहना विभिन्न शुभकार्यमा मात्र प्रयोग हुने गर्छ। त्यस्तै खेलाडीलाई पनि प्रतियोगिता हुदाँ मात्र अभ्यास गर्न थोर बहुत लगानी गर्छ। त्यस भन्दा पछी खेलाडीका लागि सामाजिक सुरक्षा छैन्। खेलाडीलाई आफ्नो दैनिकी चलाउन गार्हो भइरहेको छ। तर नेपाली खेलाडीले देशको लागि पदक जितिरहेका छन्।
अधिकारी भन्छिन्, 'सरकारले हरेक खेलाडीलाई सामाजिक सुरक्षाको प्रत्याभूति दियो भने नेपालले खेलमा ठूलो उपलब्धी गर्न सक्छ। आशा गराैं सरकारले केही गर्ला।'
यस्तै, ६८ केजी महिला कराँतेतर्फ नेपालकी सुनिता महर्जनले स्वर्ण जितिन्। उनी खेलिरहँदा उनका बुबा नाती महर्जन भने गेट बाहिर थिए। बाहिर पत्रकारहरूले छोरीलाई घेरिरहँदा उनी आश्चर्यमा परेँर हेरिरहेका थिए। समूहबाट एकजनाले तपाईको छोरीले स्वर्ण पाए भनेपछि उनले आँखाबाट एक्कासी तरर आशु झारे।
घरकी कान्छी छोरी सुनितालाई अंगालोमा राखेर उनी मज्जाले रोएँ। उनी रूदाँ पत्रकारहरूले समेत उनलाई रून साथ दिए। 'घरकी कान्छी छोरी हो। आज म एकदमै खुशी छु। मेरो छोरीको उपलब्धीले आज मलाई मिठो निन्द्रा लागनेछ।' महर्जनले सन्तुष्टिको स्वर निकाले।
'अब के छोरा के छोरी। अवसर पाए हुने रहेछ। आज मेरी छोरीले जीवनकै ठूलो खुशी दिएकी छ। सबैका सन्तानले बुबा आमालाई यस्तै खुशी दिउँन', महर्जनले भने, 'छोरीको सफलताका कारण मेरो शीरले आकाश छोएको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।