|

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाले मदिरा बेचबिखन र सेवनमा रोक लागाएको छ ।

२५ वर्ष सम्मका युवा युवतीलाई गाउपालिकाले मदिरा बेचबिखन तथा सेवनमा रोक लागएको हो।  जुम्लाको बजार क्षेत्र भन्दा अत्याधिक मदिरा सेवन बढेका कारण बिभिन्न हिंसात्मक गतिबिधि बढेको भन्दै  पातारासी गाउँपालिकाले प्रतिबन्ध लगाएको हो। 

मदिाराका कारण सबै भन्दा बढी महिला तथा बालबालिका  हिंसामा पर्ने गरेका छन्।   १६ दिने लैगिंक हिंसाविरुद्धको अभियान चलिरहेका बेलागाउँपालिकाले युवायुवतीलाई मदिरामा प्रतिवन्ध लगाएको हो।  उक्त अभियानको अवसरमा गाउँपालिकामा रहेको महिला तथा बालबालिका शाखा मार्फत गाउँमा गठन भएका महिला समुह, सहकारी र युवाहरुलाई सचेतनामुलक कार्यक्रम गर्न लगाइएको छ।

युवायुवती भविष्यमा कर्णधार हुन्। देश विकासका मेरुदण्ड पनि हुन भन्र्दै, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले ‘हरेक युवा जिम्मेवार बनुन् भन्ने उद्देश्यका साथे मदिरा प्रतिवन्ध गर्ने निर्णय गरिएको बताए। उनले भने, ‘कुलतका कारण युवायुवतीहरु गलत बाटोमा लागेका तनाम उदाहरण छन्।  जसका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिवन्ध लगायौं।’  

पालिकाले २५ वर्ष मुनिका युवायुवतीले मदिरा सेवन तथा बिक्रि वितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भइसकेको छ।  यो निर्णायलाई बेवास्था गरि  कोही कसैले सार्वजनिक स्थलमा मदिरा सेवन गरि होहल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानुनी उपचारको लागि पहल गरिने चेतावनी गाउँपालिकाले दिएको छ। समाजमा हुने बाल विवाह र बहुबिवाह अन्त्य गर्ने लक्ष्यमा सरकार लागि परेको भन्दै अध्यक्ष बोहोराले सबै प्रगतिको कारक तत्व मदिरा भएकोमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.