|

काठमाडौ : गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानविन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

एक महिलाको उजुरीको आधारमा मन्त्रालयले प्रारम्भिक छानविन गरी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।

आफ्नो घर बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

राणाले अर्की एक महिला प्रहरीमाथि दुर्वयवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ। सोही घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको उजुरीमा उल्लेख छ।

उजुरी परेपछि गोप्य रुपमा छानविन गरेको थियो। छानविनका क्रममा एसएसपी राणा काममा भन्दा  पार्टीमा रमाइलो गर्ने र सुनसरी क्षेत्रका खराब मान्छेसँग संगत रहेको पाइएको गृहका एक अधिकारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.