|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा आज साँझ वा भोलिसम्मा डिस्चार्ज हुने भएका छन्। प्रधानमन्त्री ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्।

ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भइरहेमा बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गर्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीकाअनुसार प्रधानमन्त्रीको रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आउन बाँकी छ।  रिपोर्ट हेरेर ओलीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो। बिहीबार बिहान चिकित्सकहरुको बैठक बसी अहिलेजस्तै स्वास्थ्य सुधार भइरहेको खण्डमा साँझसम्म डिस्चार्ज दिन सकिने बैठकले निष्कर्ष निकालेको हो।

यही गतिमा स्वास्थ्यमा सुधार भयो र नयाँ समस्या देखिएन भने आजै साँझसम्म वा भोलिसम्ममा प्रधानमन्त्री बालुवाटार फर्किन सक्ने चिकित्सकहरूले बताएका छन्।यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.