|

पोखरा : पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला फुटबल टोलीले फाइनल यात्रा तय गरेको छ। बिहीबार माल्दिभ्स विरुद्धको खेलमा ३–०को जित निकाल्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।

नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँग ह्याट्रिक पूरा गरिन्। पाेखरा रंगशालामा भएको खेलको १६ औँ मिनेटमा सावित्राको गोलमार्फत नेपालले गोलको खाता खोलेको थियो।

खेलको २० औँ मिनेटमा सावित्राले नै व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। खेलको इन्जुरी समयमा सावित्राले ह्याट्रिक पूरा गरेकी हुन्। सावित्राले नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमानसमेत तोडिन्। फाइनल खेल शनिबार दिउँसो २ बजे पाेखरा र‌‍गशालामा हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.