|

काठमाडौं : तेक्‍वान्दो खेलाडी भुपेन श्रेष्ठले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित तेक्‍वान्दो कक्षमा भएको फाइनल भिडन्तमा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन्। 

८७ केजीमुनिको तौल समूह अन्तर्गत भएको फाइनल भिडन्तमा भुपेनले २७ का विरुद्ध २९ अंकले बाजी मारे। बिहीबार ६ वटा स्वर्णका लागि भएका भिडन्तमा नेपालले एउटामै चित्त बुझायो।

मनिता शाहीसहितका अन्य खेलाडीहरु भारत र पाकिस्तानी खेलाडीसँग फाइनलमा पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.