|

इटहरी : जलवायु परिवर्तनविरुद्धमा एकजुट हुन इटहरीका युवाले अनौठो तरिकाले सन्देश दिन खोजेका छन्। स्वतस्फुर्त गठन भएको समूहले वातावरण रक्षाका लागि सांसददेखि सर्वसाधारणलाई भेला पारेर १२ घण्टा मौन बस्ने अभियान सुरु गरेका हुन्।

कालापत्थरमा मन्त्रिपरिसद् बैठक बसेको १० वर्ष पुगेको अवसरमा मौन कार्यक्रम राखिएको हो। वातावरण रक्षाको लागि मौन सन्देश दिन पूर्वराज्यमन्त्रीदेखि जनप्रतिनिधिहरूसम्म इटहरीको तालतलैया भेला भएका छन्।

निवर्तमान कृषि राज्यमन्त्री रामकुमारी चौधरी बिहान ६ बजेदेखि नै मौन छिन्। फरक क्षमता भएका व्यक्तिहरू पनि कार्यक्रममा ऐक्यबद्धता दिन ह्विल चियरमा कार्यक्रम स्थलमा आएका छन्। कार्यक्रममा मौन बस्नेहरू कविता लेख्ने, पत्रिका पढ्ने चेस लुडो खेल्ने गरेका छन्। साथै योगा र ध्यान गर्नेको संख्या पनि धेरै थियो।

१२ घन्टे मौन अभियानको मुख्य उद्देश्य वातावरण संरक्षण रहेको आयोजक समितिका सचिव सुनिल कार्कीले बताए। 'संयुक्त राष्ट्र संघमा पनि सगरमाथा संवाद गर्न नेपालले प्रस्ताव लगेको छ' कार्कीले भने 'त्यो संवादको सुरुवात चाडै गर्नुपर्ने समेत माग हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.