उसुबाटै नेपाललाई चार स्वर्ण

|

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुबाट नेपालकी जुनी राईले अर्को स्वर्ण पदक थपेकी छन्। यो सँगै जारी सागमा उसुबाट नेपालले चार स्वर्ण जितेको छ।

बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको उसुको ५६ केजी महिलातर्फको भिडन्तमा जुनीले स्वर्ण पदक जित्न सफल भएकी हुन्। 

उसुको सान्डा सान्सोमा जुनी राईले स्वर्ण पदक जितेकी हुन्। जुनीले ५६ केजी तौल समूहको फाइनलमा श्रीलंकाकी मदुमालीलाई २-० ले हराएकी हुन्।

उनले स्वर्ण यात्राका क्रममा भारतकी विद्यावति चानुलाई २-० हराएका थिइन्। अर्कातिर श्रीलंकाकी मधुमालीले बंगलादेशकी साकी अख्तरलाई हराएर जुनीसँगको भिडन्त पक्का गरेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.