विष्णु पौडेलको प्रश्न : नेकपाले केमा सघाउन सक्छ? कांग्रेस नेता भन्छन् : तयारी कमजोर भयो

|

काठमाडौं : नेपाल सरकारले भ्रमण वर्ष २०२० को अन्तिम तयारी भइरहेको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बिहीबार विभिन्न दलका प्रतिनिधिसँग गरेको छलफलमा अन्तिम तयारी थालिएको जनाएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्री योगेशकुमार भट्टराईले दुई वर्षअगाडि घोषित लक्ष्य भ्रमण वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाए। उनले भ्रमण वर्षमा प्रमुख पूर्वाधार विकासको काम सक्ने जनाएका छन्। यो समयमा २० लाख पर्यटक ल्याउन समस्या नरहने पर्यटन मन्त्रालयले जनाएको छ। यसका लागि आवश्‍यक तयारी थालिएको हो।

भ्रमर्ण वर्षले प्रयाप्त मात्रामा रोजगारीको सिर्जना गर्ने बताउँदै पहिलो शर्तका रूपमा पूर्वधार विकासमा सरकार लागि परेको भट्टराईको भनाइ छ। भट्टराईले पर्यटन क्षेत्रको पुन:र्निर्माण पूरा र गौतमबुद्ध विमानस्थल संचालन हुनुपर्ने भए पनि ढिलाइ भएकाले सक्ने तयारीमा रहेको बताए। 

भट्टराई डिसेम्बर अन्तिमसम्मा गौतमबुद्ध विमानस्थलको काम सकिने र सन् २०२० मार्चबाट संचालनमा आउने जनाएका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थलको काम सन् २०२० भित्र सम्पन्न हुने उनले बताएका छन्। 

अहिले निर्माण हुने पूर्वाधारको कामले एक दशकसम्मको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने भट्टराईले दाबी गरेका छन्।

विष्णु पौडेलले सोधे : नेकपाले के सहयोग गर्न सक्छ?

नेकपाका महासचिव विष्णु पौडेलले भ्रमण वर्ष भब्य बनाउ आवश्‍यक सहयोग गर्न पार्टी तयार रहेको बताएका छन्। 'नेकपाले उद्घाटनमा दशरथ रंगशालामा भव्य बनाउन के गर्नुपर्ला, अधिकतम् पूरा गर्छौं,' पौडेलले भने, 'अधिकतम उपस्थिति जुटाउन सबै नेता, स्वयमसेवक, जनवर्गीय संगठन खटिने छन्।'

उनले भ्रमण वर्षमा नेपालले पटक-पटक जाने मुलुक हो भन्ने सेन्देश दिन चाहेको बताएका छन्। पर्यटन ल्याउने देश सक्षम रहेको उनको भनाइ छ।  उनले पूर्वाधार विकासमा थप ध्यान दिनु पर्ने बताए। 

कमजोर तयारी : कांग्रेस

कांग्रेस नेता मोहन बस्नेतले ठूलो कार्यक्रमका लागि सरकारको कमजोर तयारी रहेको बताए। भ्रमण वर्ष सरकार र सत्तारूढ पार्टीको मात्रै नभइ नेपालकै साझा कार्यक्रम भएको उनको भनाइ थियो। पर्यटक अत्यधिक रूपमा जाने नगरकोटको बाटोको दूरअवस्था सुनाउँदै उनले समयमै निर्माण सक्न आग्रह गरे। 

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्यमण कर्णले सडक सुरक्षाको विषयमा गम्भीर हुन र सुरक्षा मापदण्ड बनाउन आग्रह गरे। 

उद्घाटन कार्यक्रम तीन घण्टा 

मन्त्रालयका सचिव केदरबहादुर अधिकारीले जनावारी १ मा दशरथ रंगशालामा उद्घाटन कार्यक्रम तीन घण्टाको राखिएको जानकारी गराए। उनले केही काम गरिसकेको अवस्थामा पर्यटक आकर्षक गर्न प्याकेज घोषणाको तयारी गरिएको जनाएका छन्। अन्तर्राष्ट्रियस्तरमा कार्यक्रम पठाइएको उनले बताए। 

नेपालमा बाहिरबाट जहाजको उडान बढेको बताउँदै अधिकारीले अझै केहीले एयरलाइन्सले अनुमति लिने प्रकियामा रहेको पनि जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.