|

दैलेख : दैलेखमा लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्। उनीहरूलाई ११.५० ग्राम तौल रहेको १५ प्याकेट लागुऔषत ब्राउनसुगरसहित दैलेख-सुर्खेत सडकखण्डको रानिमत्ता चेक पोष्टनजिक गुरास गाउँपालिका-४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका-४ मालाभिडका २४ वर्षीय रविन मल्ल, सोही नगरपालिका-१ महतगाउँ बस्ने २२ वर्षीय शालिकराम महत बडा नम्बर ५ कार्कीवाडा बस्ने १८ वर्षीय शौगात कार्की र मुगु जिल्लाको राराछायानाथ नगरपालिका-११ रोवा बस्ने २३ वर्षीय महेलाल साउद रहेको प्रहरीले जनाएको छ।

उनीमाथिलाई जिल्ला अदालत दैलेखबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.