प्रहरीसँगको झडपमा ६ जना बढी विद्यार्थी घाइते

|

चितवन : चितवन मेडिकल कलेजका विद्यार्थीले शैक्षिक भवनमा लगाएको ताला प्रहरीले खोलेको छ। भरतपुर महानगरपालिका कैलासनगरमा रहेको कलेजमा लगाएको ताला २५ दिनपछि बिहीबार प्रहरीले बल प्रयोग गरी खोलेको हो।

मेडिकल कलेजले अवैध रूपमा लिएको बढी शुल्क फिर्ताको माग गर्दै सिएमसीका विद्यार्थीले कात्तिक २५ गत्तेबाट अनिश्चितकालीत ताला लगाएको थियो। विद्यार्थीले विगत ३ महिनाभन्दा लामो समयदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

समन्वय नगरी जवरजस्ती ताला खोलेको भन्दै विद्यार्थीले विरोध गरेका थिए। विरोधपछि प्रहरीले लाठ्ठी प्रहार गरी ६ जना बढी विद्यार्थीलाई घाइते बनाएको नर्सिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कला अधिकारीले बताइन्।

विद्यार्थी बुधबारदेखि सुरु भएको बोर्ड परीक्षामा सहभागि भएका छैनन्। उनीहरूले परीक्षामा सहभागि नहुने भन्दै बुधबा प्रवेशपत्र जलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.