|

धरान : सत्तारुड तथा समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको निर्वाचन क्षेत्र समेत रहेको धरान उपमहानगरमा समाजवादीको जमानत जफत भएको छ।  मंसिर १४ गतेको उपनिर्वाचनमा धरानको मेयरमा उम्मेदवारी दिएका २३ जना मध्ये २१ जनाको जमानत जफत भएकोमा समाजवादी पनि परेको हो।

निर्वाचन मतपरिणाम अनुसार मेयरमा विजयी तिलक राई र नेकपाका उम्मेदवार प्रकाश राईबाहेक अन्य कसैले पनि जमानत जोगाउन सकेनन्। आफ्नो जनमत थाह पाउन उम्मेदवारी दिएको समाजवादी पार्टीले समेत आफ्नो जमानत जोगाउन नसकेको हो।

धरानको २० बराहक्षेत्र नगरको ५ र रामधुनी नगरको २ वटा वार्ड सुनसरीको क्षेत्र नम्बर एक भित्रपर्छ। जुन क्षेत्रमा असोक राई २०७४ को प्रतिनिधि सभामा उम्मेदवार थिए। नेकपाका जयकुमार राईसँग पराजित भएका असोक राईले २२ हजार १२३ मत ल्याए पनि। तर यो भने संघीय लिम्बुवान मञ्चको भन्दा पनि कम ७ सय ५५ मत मात्र ल्याएको समाजवादीले जमानत समेत जोगाउन सकेन।

कुल खसेको मतमध्ये १० प्रतिशत मत ल्याउने उम्मेदवारको मात्र जमानत सुरक्षित हुन्छ। उपनिर्वाचनमा कुल ५४ हजार ८४८ मत खसेकाले जमानत जोगाउन ५ हजार ८४८ मत ल्याउनुपर्ने हुन्छ। तर कांग्रेस र नेकपा बाहेकका दलहरूले १० प्रतिशत पनि मत ल्याउन सकेनन्।

कांग्रेसका उम्मेदवारले खसेको मतको २६ हजार ७ सय ९ मत पाए भने नेकपाका उम्मेदवारले २३ हजार ९१४ मत पाए। जमानत जफत हुने उम्मेदवारहरूमा समाजवादी पार्टीका गजेन्द्र इस्वो, संघीय लिम्बुवान मञ्चका अमर इजम, साझा पार्टीका राजन श्रेष्ठसहित स्वतन्त्र उम्मेदवारहरु कसैले पनि जमानत जोगाउन सकेनन्।

 मत परिणाम अनुसार तेस्रो स्थान भएको संघीय लिम्बुवान मञ्चका उम्मेदवार इजमले १ हजार १३१ मत मात्र पाए भने अपेक्षा भन्दा न्यून मत पाएको समाजवादी पार्टीका इस्वोले ७५५ मत मात्र पाए।

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४२२ मत पाए भने अर्का स्वतन्त्र उम्मेदवार डा.अमृतकुमार राईले २ सय ३ मत पाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.