|

काठमाडौं : शनिबार अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

१३औँ दक्षिण एशियाली खेल- सागका सिलसिलामामा हुने म्याराथन दौड शनिबार बिहान सात बजेदेखि सुरु हुँदै छ।

दशरथ रंगशालाबाट सुरु हुने उक्त खेल टेकु,कालिमाटी.बल्खु,एकान्तकुना, कोटेश्वर हुदै भक्तपुरको सूर्यविनायकसम्म पुग्‍ने ट्राफिक महाशाखाले जनाएको छ।

यस्तै ,पुन उक्त रुट हुँदै कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली,वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तरी ढोका,नागपोखरी, जय नेपाल, संग्रहालयको दक्षिणी द्वार, घण्टाघर भद्रकाली हुँदै रंगशालासम्म हुने  महाशाखाले जनाएको छ। सो दौडका कारण सो क्षेत्रमा चल्ने यातायात अवरुद्ध हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.