|

पोखरा : साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन्। 

पोखरामा शुक्रबार भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौल मात्र उठाउन सके। उनले स्न्याचमा ११२ र क्लिन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका हुन्। पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एण्ड जर्कमा दबाबमा परेका थिए। 

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लिन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण जिते। यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत जितेका छन्। प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट बीरबहादुर लिम्बू चौथो भए। 

शुक्रबार नै प्रतियोगितामा पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य पदक जितेको छ। नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन्। प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन्।

भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन्। यस्तै  पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लिन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका केसीले स्न्याचतर्फ ११५ र क्लिन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन्।

यसअघि उद्घाटनका दिन नेपालले १ स्वर्ण र २ कास्य पदक भित्र्याइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.