|

डडेल्धुरा : डडेल्धुरामा एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाको अमरगढी ९ ढाँटगाउँका पूर्णबहादुर पालका छोरा ८ वर्षीय प्रविन पाल रहेको छन्। पाल ५ दिनदेखि बेपत्ता रहेको बालकका आफन्त पुस्करबहादुर पालले जानकारी दिए।

पाल १६ गते बिहान घरबाट विद्यालय जान्छु भनी गएको र उतैबाट बेपत्ता भएको उनको भनाइ छ। उनी भागेश्वर मावि टाँटरमा कक्षा ३ मा अध्ययनरत थिए। १६ गते विद्यालय गएका पाल घर नआएपछि विद्यालयमा बुझ्दा विद्यालय पनि नगएको पाइएको छ।

बालक बेपत्ता भएपछि बालकका आफन्तले उनको खोजी गरी दिन आग्रह गर्दै  जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदन दर्ता गरको छ। १८ गते बालक हराएको उजुरी प्रहरीमा आएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए।

बालकको खोजी कार्य जारी रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.