कराँते, तेक्‍वान्दो, साइक्लिङदेखि भारत्तोलनमा पनि अब्बल

|
उसुबाट स्वर्ण पदक जितेकी जुनी राई

काठमाडाै‌ : जारी १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले अहिलेसम्म ४१ स्वर्ण पदक हात पारिसकेको छ। यो नै नेपालले एकै सागमा जितेको सबैभन्दा धेरै स्वर्ण पदक हो।

यसअघि नेपालले सन् १९९९ मा घरेलु भूमिमा भएको सागमा ३१ स्वर्ण जितेको थियो। ४१ स्वर्ण जितिसकेको नेपालका लागि महिला खेलाडीको भूमिका प्रभावशाली देखिएको छ। नेपालका महिला खेलाडीले मात्रै २२ स्वर्ण पदक देशका लागि जिताइसकेका छन्।

२२ स्वर्ण देशलाई जिताउने क्रममा २७ महिला खेलाडीले आफ्नो खेल कौशल प्रस्तुत गरे। उसु, कराँते र तेक्वान्दोबाट महिला खेलाडीले सबैभन्दा धेरै स्वर्ण पदक भित्र्याए।

त्यस्तै साइक्लिङ, पौडी, ट्रायथलन र भारत्तोलनका महिला खेलाडी पनि अब्बल देखिए। गौरिका मल्ल र आयशा शाक्यसहितले देशलाई दोहोरो स्वर्ण पदक दिलाएका छन्। 

स्वर्ण पदक जित्ने खेलाडी 

१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि) -विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी) -कुसुम खड्का
७.कराते (५० केजी मूनि) -अनु अधिकारी
८.कराते (६७ केजी)-नवीन रसाइली
९.कराते (६८ केजी) -सुनिता महर्जन
१०. कराते (६८ केजी) -अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७-२३ वर्ष ) -सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) -आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७-२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३-२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि) -काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) वीरबहादुर महरा
२०.ट्रायथलन सोनी गुरुङ
२१.डुवाथोलन हिमाल टमाटा
२२. उसु (थाउलो) विजय सिन्जाली
२३. उसु (थाउलो) सुस्मिता तामाङ
२४. उसु (थाउलो) -दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर) -सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) सक्षम कार्की
३०. उसु (थाउलो(नान्दौ) निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री) -बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल) गौरिका सिंह
३४. पौडी (२०० मिटर ब्याकस्ट्रोक) गौरिका सिंह
३५. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ
३६. भारोत्तोलन (५९ केजी) सन्जु चौधरी
३७. उसु (५६ केजी) जुनी राई
३८. एथ्लेटिक्स (५ हजार मिटर दौड)  गोपीचन्द्र पार्की
३९. गल्फ (एकल)  सुवास तामाङ
४०. गल्फ (टिम)  पुरुष टिम
४१. भारोत्तोलन (८९ केजी) विकास थापा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.