|

भद्रपुर : मेची राजमार्गअन्तर्गत झापाको धाइजनमा बोलेरो जिपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ७० वर्षीय वृद्ध हरिप्रसाद न्यौपाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बिहाने पैदलयात्री वृद्ध न्यौपानेलाई बिर्तामोडबाट इलाम तर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ज ३४०० नम्बरको बोलेरोले जिपले ठक्कर दिएर लडाएका थिए।

सोही बेला इलामतर्फ जाँदै गरेको मे १ ज ३१९६ नम्बरको गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। घाइते उनलाई उपचारको लागी बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

यता ठक्कर दिने चालकसहित दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.