|

दार्चुला : लिपुलेकमा अनशन बस्न गएका नेपाली युवा स्वास्थ्यमा समस्या आएपछि रसियन नागरिकको हेलिकोप्टर लिफ्टबाट दार्चुला सदरमुकाम पुगेका छन्।

अपि हिमाल आरोहण गर्न गएका ६० वर्षीय रसियन नागरिक गप्थब बार्टुनोभले मगाएको हेलिकोप्टरमार्फत अनशनकारी खिमानन्द बस्याललाई सदरमुकाम खलंगा ल्याई पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय प्रमुख दिपेन्द्र शाहीले जानकारी दिए।

अनशनकारी बस्यालको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल गजेन्द्र दुवालले जानकारी दिए। १४/१५ दिनदेखि भोको भएको र उचाइमा गएका कारण स्वास्थ्यमा समस्या देखिए पनि छाती, मिर्गौला र रगतको अवस्था सामान्य भएको डा. दुवालले जानकारी दिए।

‘दिउँसो चेकजाँज गर्दा अवस्था सामान्य थियो। यस्तै अवस्था रहे बेलुका चेकजाँच गरेर घर पठाउने योजना छ’ डा. दुवालले भने। बस्यालसँगै व्यास गाउँपालिका १ छाङरुको गागा पुगेका रमित बलामे र सेफर्ड लिम्बू भने प्रहरी टोलीसँगै सदरमुकाम फर्किन लागेको दार्चुला प्रहरी प्रमुख शाहीले जानकारी दिए।

नेपालतिर बाटो अप्ठ्यारो भएकाले भारतीय बाटो प्रयोग गर्न पाउने गरी भारतीय प्रशासनसँग अनुरोध पनि गरिएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.