|

भद्रपुर : झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्षमा पदमा नवराज पनेरु निर्वाचित भएका छन्।  शुक्रवार सम्पन्न निर्वाचन प्रक्रियाबाट पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा युवा व्यवसायी पनेरु निर्वाचित भएका हुन्।

कांग्रेस प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका युवा व्यवसायी अजय साहेवालालाई ६ मतले पराजित गर्दै पनेरु पुन: अध्यक्ष पदमा विजयी भएको हुन्। अध्यक्ष, १८१ खसेको मतमध्ये पनेरुले ९२ र साहेवालाले ८६ मत ल्याएका थिए।  त्यस्तै उद्योग सचिवमा सञ्जय श्रेष्ठ ९९ मत ल्याई विजयी भएका छन्। नेकपाबाट उद्योग सचिवमा उम्मेदवारी दिएका लक्ष्मण जमरकट्टेलले ७६ मत ल्याएका थिए। सचिव र सात सदस्य पदको लागि भएकाे निर्वाचन भएको थियो।

त्यस्तै जिल्ला कार्यालयबाट सदस्यता लिएका सात पदको जिल्ला सदस्यमा पवनकुमार श्रेष्ठ ९२९०, प्रवीणकुमार घोष ९२६०, मानस घोष ९२६०, मुकेश मित्रुका ९२६०, सुरेश तामाङ ९२६०, हेमन्तराज भट्टराई ९२६० र यदुन्दन साह ९२५० मत प्राप्त गरी कांग्रेस प्यानलबाट निर्वाचित भएका छन्। राप्रपाका अभिषेक ढुंगाना ९१६०  र दीपक अधिकारी ९८० मत प्राप्त गरी पराजित भएका छन्।

सात पदका लागि नगर क्षेत्रबाट निर्वाचित ३७ जना प्रतिनिधि सदस्यले मतदान गरेका थिए। विजेता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित पनेरुले देशका अब्बल नेतृत्वमा पुगेका व्यक्तिबाट राजनीतिक चलखेल गर्दै झापा उद्योग वाणिज्य संघलाई भाडने र विग्राने दुस्साहस नगर्न चेतावनी दिए।

‘गृह नगरका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई च्यालेन्ज गर्दै अध्यक्ष पनेरुले भने, 'राजनीतिक छाडेर व्यवसाय बनेर आउनुहोस्। संघको सदस्यता लिएर नेतृत्व सम्हाल्नुहोस्। म आजैका मितिबाट अध्यक्ष पद त्यागेर तपाइँलाई जिम्मेवारी दिन तयार छु।’ ‘मेरो प्रतिस्पर्धीमा कांग्रेसले जबरजस्ती अजय जीलाई अध्यक्ष पदमा चुनावमा उठाएर लड्न लगाए’, उनले भने, ‘हामी पहिलादेखि नै संघमा राजनीति हाबी भन्दा पनि सर्वसम्मत बनाएर जाने तयारीमा थियौं। तर कांग्रेसले मानेन। मलाई हराउन लागि परे।’

‘आखिरमा व्यवसायीले दल भन्दा पनि व्यक्तिलाई नै रोजेर मतदान गरे’, उनले थपे। यता मुख्य छ पद, महिला सदस्य र खुल्ला सदस्यमा कांग्रेस प्यानलका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। कांग्रेसबाट वरिष्ठ उपाध्यक्षमा खडकबहादुर लिम्बू, एशोसिएट्स-वस्तुगत उपाध्यक्षमा प्रज्जवल राई, वाणिज्य उपाध्यक्षमा सन्तोष धमला, महासचिवमा पंकजकुमार शर्मा, वाणिज्य सचिवमा सुविनकुमार खड्का र कोषाध्यक्षमा भास्कर शर्मा निर्विरोध निर्वाचित भइसकेका छन्।

त्यस्तै कांग्रेस प्यानलबाट महिला सदस्यहरू कमला दुवाडी, शिला तामाङ र सीता ढकाल निर्विरोध निर्वाचित भएकी छन्। त्यसैगरी खुल्ला सदस्यहरूमा राजकुमार राई, गोपीप्रसाद न्यौपाने, भोजराज सेढाई, रमेश श्रेष्ठ र रवि शंकर भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.