|

जनकपुरधाम : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबारबाट कुस्ती जनकपुरधाममा सुरु भएको छ। पहिलो दिन नै भारतले चार स्वर्ण जित्न सफल भएको छ।

दुई महिला र दुई पुरुषतर्फ गरी भएको चार प्रतिस्पर्धामा नेपालले एक रजत र तीन कास्य पदक जितेको छ। श्रीलंकाले पनि तीनवटा रजत र एउटा कास्य जिते। तर, बंगलादेश भने पदकविहीन बनेको छ।

महिलातर्फको ५० किलो तौल समूहमा भारतकी शीतल तोमरले स्वर्ण जित्दा श्रीलंकाकी निरोशानीले रजत र नेपालकी मनिषा सिंहले कास्य जितेकी छन्। महिलातर्फकै ५३ किलो तौल समूहमा भारतकी पिंकी कुमारीले स्वर्ण, नेपालकी शिबानी दुबेले रजत र श्रीलंकाकी समिकाले कास्य जितेकी छन्।

यस्तै, पुरुष तर्फको ५७ किलो तौल समूहमा भारतका राहुलले स्वर्ण जित्न सफल भएका छन् भने श्रीलंकाका काथोरंगनाले रजत र नेपालका नरेश यादवले कास्य जितेका छन्। पुरुषतर्फकै ६५ किलो तौल समूहमा भारतका अमितले स्वर्ण जितेका छन्। श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन्।

कुस्ती मंसिर २३ गतेसम्म चल्नेछ। कुस्तीको उद्घाटन शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए। कुस्ती हेर्नका लागि कबर्ड हल बारि र जानकी मन्दिरमा ठूलो डिजिटल पर्दा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.