|

ललितपुर : निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिईन् । १० मिटर एअर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो। 

१३औं दक्षिण एयिाली खेलकुद (साग) मा सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिईन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन।

बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो। तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन्, तर यति बेलासम्म ढिलो भइसकेको थियो। फाइनल चरण पुग्ने अभिलाषाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भयो ।

वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई यहाँ विदेशीसामु बेइजजती नगरौं बरु खेल्न नै छाडौं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे । फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारणले उनले खेल छाड्नुपर्‍याे। 

बीचमै हतियारले काम गर्न छाडेपछि बाँकी १४ गोली प्रहार गर्न नपाई समय सकियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.