|

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ। 

युरो एकको खरिददर १२६ रुपैयाँ ७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ्ग एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रीदर १५० रुपैयाँ १ पैसा तोकिएको छ। 

आज एक सिङ्गापुर डलरको खरिददर ८३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ९९ पैसा तोकिएको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ।

यसैगरी, यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा छ। आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकिएको छ। 

यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २५ पैसा तोकिएको छ। आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकिएको छ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ। बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहाेस सूची : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.