|

काठमाडौं : नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवामा परेका छन्। 

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा खटाईएको छ। 

सर्लाहीका एसपी गोपाल चन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत कानुन शाखामा लगिएको छ। सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा खटाईएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेल जिल्ला प्रहरी कार्यालय काभ्रे र काभ्रेका जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीलाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको छ।

साईबर व्यूरो काठमाडौंका डीएसपी यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्री पनि सरुवामा परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.