|

काठमाडौं : सरकारले तलब भत्ता दिने क्रममा र दुई हजारभन्दा बढीको बिल काट्ने सवालमा अनिवार्य प्यान नम्बर उल्लेख गर्ने व्यवस्था गरेसँगै प्यान नम्बर लिनेको संख्या उल्लेख्य बढेको छ। पछिल्लो चार महिनाको अवधिमा मात्रै सात लाख ५५ हजार भन्दै बढीले प्यान नम्बर लिएका छन्। 

गत आर्थिक वर्षको अन्त्यसम्मा २१ लाख ७२ हजार ३८३ जनाले प्यान नम्बर लिएकोमा कात्तिक मसान्तसम्ममा २९ लाख २७ हजार ८२६ जना पुगेको जनाएको छ। अहिलेसम्म लिएको प्यान नम्बरको हिसाबले पछिल्लो चार महिनाको योगदान नै २५ प्रतिशत रहेको छ। 

यो अवधिमा चार लाखजनाले व्यावसायिक प्यान नम्बर र दुई लाखजनाले व्यक्तिगत प्यान नम्बर लिएको आन्तरिक राजस्व विभागले जनाएको छ। हालसम्मा व्यावसायीक प्यान नम्बर लिनेको संख्या १६ लाख ४१ हजार ६४४ पुगेको छ भने व्यक्तिगत प्यान नम्बर लिनकै संख्या ६ लाख ४८ हजार ५६४ पुगेको छ। 

मूल्य अभिवृद्धि करमा (भ्याटमा) दर्ता हुनेको संख्या पनि उल्लेख्य बढेको छ।कात्तिक मसान्तसम्म दुई लाख ३७ हजार ५८५ जना भ्याटमा दर्ता भएकोमा पछिल्लो चार महिनाको अवधिमा मात्रै २४ हजार जना थपिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.