|

बैतडी : यही मंसीर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा बैतडीमा दुईजनाको धरौटी जफत भएको छ। खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए। 

दोगडाकेदार गाउँपालिका ४ को वडा अध्यक्ष पदमा राप्रपा संयुक्तका तर्फबाट उम्मेदवारी दिएका देवसिंह खत्री र पुर्चौंडी नगरपालिका ४ मा स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रबहादुर बोहराको धरौटी जफत भएको हो।

खत्रीले कुल खसेको १ हजार ९८ मत मध्ये ६ मत मात्र प्राप्त गरेका थिए भने बोहराले कुल खसेको १ हजार ३३० मत मध्ये ३५ मत मात्रै प्राप्त गरेका थिए। धरौटी फिर्ता पाउनका लागि उम्मेद्वारले कुल खसेको मतको १० प्रतिशत मत आफ्ना पक्षमा ल्याउनुपर्ने प्रावधान रही आएको छ।

अन्य उम्मेदवारले पनि निर्वाचन भएको ९० दिनभित्र आफ्नो धरौटी फिर्ता लगि सक्नुपर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १  र पुर्चौडी नगरपालिका ४ मा सम्पन्न उपनिर्वाचन ८ जना चुनावी प्रतिस्प्रर्धा रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.