|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरुङ भित्र पहिरो खस्दाँ ३ जना मजदुर घाइते भएका छन्। अरुण तेस्रो परियोजनाको अडिट टु को सुरुङभित्र माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना मजदुर गम्भीर घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

सुरुङभित्र काम गरिरहेका मजदुरलाई माथिबाट झरेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका थिए। घाईते हुनेमा मैइजुदिन अली, हस्तम अली र अबुदकर अली भएको संखुवासभा प्रहरीले जनाएको छ। प्रहरीले घाईते स्थायी ठेगाना खुलाउन चाहेन। घाइतेमध्ये एक जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि भारततर्फ लगिएको बताइएको छ। भने अन्य दुई जनाको जिल्ला अस्पताल खाँदबारी उपचार भइरहेको छ।

स्रोतका अनुसार घाइते मैइजुदिन भारतको आसाम नलबारी , हस्तम भारतको बर्बता जिल्ला र अबुदकर भारत अलिकाद्वार जिल्लाको भएको बताएको छ। शुक्रबार राति साढे २ बजे राति एक्कासी सुरुङ माथिबाट खसेको ढुङ्गाले लागेर ३ जना भारतीय मजदुर घाइते भएका थिए।

अरुण तेस्रोमा काम गर्न क्रममा धेरै मजुदर घाईते हुने गरेका भएपनि घटनालाई भित्रभित्रै लुकाइने गरेको छ। अरुण तेस्रो आयोजनामा हालसम्म दर्जनौँ मजदुर घाइते भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.