|
फोटो : एजेन्सी

मध्य अमेरिकी देशमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ। अमेरिकी सिनेटरले अमेरिकी सरकारको यो निर्णयको विरोध गर्दै यसले ती देशमा अमेरिकाको बदनाम मात्र भएका बताएका हुन्।

यस्तो निर्णयको विरोधमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आलोचना भएको हो। ती सिनेटरले विदेशमन्त्री पोम्पओको चर्को विरोध गरेका छन्।

कटौती गरिएको सहायतामध्ये कतिपय त महिला तथा बालबालिकालाई आवश्यक पर्ने सहायता पनि रहेकोमा त्यस्तो अत्यावश्यकीय सहायताको कटौती गरेर मध्य अमेरिकी देशका अतिरिक्त बाहिरी विश्वमा पनि यसको विरोध भएको पाइएको उनीहरूको तर्क छ।

अमेरिकी सरकारले हालैमात्र एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरसमा आफ्नो सहायता कटौतीको निर्णय गरेको थियो। उक्त निर्णयको अमेरिकाभित्र पनि विरोध भइरहेका बेला त्यहाँका सिनेटरले अमेरिकाका विदेश मन्त्रीको व्यापक मात्रामा आलोचना गरेका हुन्।

सिनेटको वैदेशिक मामिलासम्बन्धी समितिमा डेमोक्र्याटिक दलका सिनेटरले ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयले अमेरिकी देशप्रति अमेरिकाको नीतिको खिल्ली उडाएको बताएका थिए। उनीहरूले अमेरिकी ट्रम्प प्रशासनको यो निर्णय अमेरिकाकै लागि पनि प्रत्युत्पादक हुने धारणासमेत राखे।

उनीहरूले भनेको थिए– यस्तो निर्णयले बाह्य विश्वमा अमेरिकाको इज्जत बढ्दैन बरु बेइज्जत हुन्छ, त्यसैले यस निर्णयमा अमेरिकी सरकारले पुनर्विचार नै गर्नुपर्छ।

महिला र बालबालिकाका लागि आवश्यक रहेको यस्ता आधारभूत आवश्यकताका वस्तुहरूकै सहायताको कटौतीले हामीलाई निकै निराश तुल्याएको छ, उक्त समितिमा बोल्दै सिनेटरले उक्त धारणा राखेका थिए।

यस विषयमा अमेरिकी ट्रम्प प्रशासनले गएको अक्टोबर महिनामा नै आफ्नो धारणा राखेको थियो। ट्रम्प प्रशासनले मध्य तथा ल्याटिन अमेरिकी देशप्रतिको धारणा राम्रो राखेको छैन। ती देशप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि नै विरोध गर्दै आएका थिए।

सोही नीतिबमोजिम नै हालैमात्र ट्रम्प प्रशासनले ती देशमा विगत लामो समयदेखि प्रदान गर्दै आएको सहायतामा भारी मात्रामा कटौती गरेको घोषणा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.