|

बाँके : सडक दुर्घटनामा परी बाँकेमा एक नवजात शिशुको मृत्यु भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत जिरो प्वाइन्टनजिकै एम्बुलेन्स र ट्रक आपसमा जुध्दा तीन दिनका नवजात शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

शनिबार दिउँसो १ः४० बजे नेपालगन्जबाट विरामी लिएर दाङतर्फ जाँदै गरेको रा १ झ १६१ नं. को एम्बुलेन्स र विपरित दिशाबाट आइरहेको ना ८ ख ५४३२ नं. को ट्रक एक आपसमा जुध्दा एम्बुलेन्समा सवार तीन दिनको नवजात शिशुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए।

छत्रेश्वरी १ का २८ वर्षीय चित्रबहादुर सुनार, दाङ दंगीशरण गाउँपालिका ५ का ३६ वर्षीय तिलकराम खड्का र उनकी २४ वर्षीया पत्नी मालती खड्का घाइते भएको उनले बताए। उनीहरू सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ।

एम्बुलेन्स, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.