काठमाडौं : गौरिका सिंहले नेपालका लागि पौडीबाट रजत पदक जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटर ब्याक स्ट्रोकको प्रतिस्पर्धामा गौरिकाले रजत जितेकी हुन्।
उनले निर्धारित दूरी १ मिनेट ०३१५ सेकेण्डमा पूरा गरिन्। स्वर्ण पदक भने गौरिकालाई पछि पार्दै भातीय खेलाडीले जिते। यो स्पर्धाको काँस्य पदक पनि भातीय खेलाडी नै हात पारे।
शुक्रबार भएको २०० मिटर ब्याक स्ट्रोक प्रतिस्पर्धामा गौरिकाले स्वर्ण जितेकी थिइन्। स्वर्ण जित्ने क्रममा गौरिकाले भारतीय खेलाडीलाई पछि पारिन्। यो स्पर्धामा श्रीलंकाली खेलाडी तेस्रो भएकी छन्।
त्यस्तै, बिहीबार भएको २०० मिटर फ्री–स्टाइलमा भारतकी सुभांगी सिंहलाई उछिन्दै गौरिकाले ऐतिहासिक स्वर्ण जितेकी थिइन्। स्वर्णका लागि प्रतिस्पर्धा गरेका ६ देशका आठजना खेलाडीलाई उछिन्दै उनले स्वर्ण जितेकी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।