|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ।

नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानून शाखा, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाही, महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र काभ्रेका जयराज सापकोटालाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ।

यस्तै धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाखाशा तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीले शुक्रबार नै २१ प्रहरी नायब उपरीक्षकको समेत काज सरुवा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.