|

अफगानिस्तानका राष्ट्रपतिले अशरफ घानीले जापानी डाक्टरको शव बोकेका छन्। राजधानी काबुलमा भएको श्रद्धाञ्जलि समारोहका क्रममा अफगानी राष्ट्रपति घानीले जापानी डाक्टर तेत्सु नाकामुराको कफिन बोकेका हुन्।

डा. तेत्सुको शव बोक्दा उनी निकै भावुक देखिएका थिए। उनको शवलाई राष्ट्रपति घानीसहितका सुरक्षा अधिकारहरूले बोकेर श्रद्धाञ्जलि समारोहसम्म ल्याएका थिए। उनको शवमा अफगानिस्तानको राष्ट्रिय झण्डासमेत उडाइएको थियो।

७३ वर्षीय डा. तेत्सु पूर्वी अफगानिस्तानको सहर जलालबादमा भएको एक आक्रमणमा मारिएका थिए। तीन दिनअघि भएको आक्रमणमा उनीसँगै अन्य पाँचजना अफगानी नगरिक पनि मारिका थिए। 

कार चढेर आफ्नो प्रोजेकटको निरीक्षण गर्न जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। उनले अफगानी नागरिकको जीवनस्तर उकास्ने काममा आफूलाई समर्पित गरेका थिए। यसै वर्षको अक्टोबरमा सरकारले उनलाई अफगानिस्तानका नागरिकले प्राप्त गर्ने परिचयपत्रसमेत प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.