समाज

चितवनमा अटो पल्टिँदा पाँचजनाको मृत्यु, एक गम्भीर घाइते

मंसिर २१, २०७६

    चितवन : अटो पल्टिँदा चितवनमा पाँचजनाको मृत्यु भएको छ। राप्ती नगरपालिका-४ चेपाङ मार्गको भित्री सडकखण्डमा चौकी डाँडातर्फ गइरहेको ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटोमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    मृत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै परिचय खुलेको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए। अन्य चारजनाको परिचय खुल्न बाँकी रहेको जनाइएको छ। साँझा ६:१५ बजे भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा अटोका चालकसहित ६ जना गम्भीर घाईते भएका थिए। तीनजनाको पुरानो मेडिकल कलेजमा र दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एक अन्दाजी २५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

उर्गेन तामाङ

तामाङ थाहा खबरका चितवन समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]