|

दाङ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समाज विकासका लागि असल चरित्र निर्माणको विकास हुन आवश्यक रहेको बताए।

शनिबार दाङको घोराहीमा ब्रह्माकुमारी मधुवन आध्यामिक पुनर्जागरण केन्द्रको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले आध्यामिक शिक्षाले असल चरिण निर्माण गर्न सहयोग पुर्‍याउने बताए।

मन्त्री पोख्रेलले समाजको सकारात्मक विकासका लागि नैतिक चरित्र निर्माणमा आध्यामिक शिक्षाले सहयोग पुर्‍याउने बताए। उनले भने, 'आध्यामिक शिक्षा नैतिक चरित्र निर्माणको आधार हो। त्यसका लागि बन्न थालेको पुनर्जागरण केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ।’

त्यसैगरी मुख्यमन्त्री पोख्रेलले समाज विकास क्रममा रहेको र पुराना मान्यताहरू बद्लिएको र नयाँ मान्यता स्थापित हुन नसक्दा समाज खलबलिएका भन्दै खलबलिएको समाजलाई सही मार्गमा ल्याउनका लागि आध्यामिक शिक्षा उपयोगी हुने समेत बताए। उनले राजनीतिक, आर्थिक र सामाजिक रुपमा देशले धेरै परिवर्तन र उपलव्धी हासिल गरे पनि सकारात्मक सोचको विकास नहुँदा मानिसले टिकाटिप्पणी गर्ने गरेको बताए।

राजनीतिक परिवर्तनसँगै देशमा सकारात्मक परिवर्तनका कार्यहरू भइरहेको भन्दै उनले कतिपय मानिस सकारात्मक कार्यबाट सन्तुष्ट हुन नसकेकाले धेरै टिकाटिप्पणी गरिरहेका छन्। ब्रह्मकुमारी इश्वरीय बिश्वविद्यालय राप्तीका प्रमुख गीता न्यौपानेले दाङको घोराहीमा करिब साढे १५ करोडको लागतमा आध्यात्मिक पुनर्जागरण केन्द्र  बन्न लागेको बताइन्।

स्थानीय देवराज पाण्डेको परिवारले दान दिएको साढे ७ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा ५ सय बढी अट्ने सभाहल, २ सय जना बास बस्ने मिल्ने आवासीय भवन, कुलत र तनावलाई व्यवस्थापन गर्न परामर्श केन्द्र, शैक्षिक कक्षा सञ्चालनका लागि भवन बन्ने प्रमुख न्यौपानेले बताए।

उक्त भवन निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बिनियोजन गरेको छ। साथै भवन निर्माणका लागि विभिन्न व्यक्ति र संस्थाहरूले दान रकम समेत उपलब्ध गराइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.