|

काठमाडौं : दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलमा कठोर मेहनतका साथ नेपाली महिला टोली पहिलोपटक फाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै महिला टोलीले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो। टोलीले उपाधिका लागि आइतबार नेपाल भारतसँग भिड्ने छ। खेलमा नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन्।

शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोलअन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ। भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे। बंगलादेश र पाकिस्तान आइतबार कास्य पदकका लागि खेल्नेछन्। १२औँ संस्करणको महिला ह्याण्डबलमा भारत स्वर्ण पदक विजेता र बंगलादेश रजत पदक विजेता हो।

पुरुष ह्याण्डबलमा भारत र पाकिस्तान फाइनलमा

साग खेलकुदअन्तर्गत पुरुष ह्याण्डबलको फाइनलमा भारत र पाकिस्तान प्रवेश गरेको छ। भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो। शनिबार भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३९–३२ गोलले हराउँदै फाइनल पुगेको हो। भारतका लागि सर्वाधिक दीपक र नवीन सिंहले सर्वाधिक समान सात गोल गरे।

दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशमाथि २७–१७ ले गोल गर्दै फाइनल पुगेको हो। मोहम्मद उजिर आतिफले सर्वाधिक सात गोल गरे। आइततबार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछ। त्यस्तै, कास्य पदकका लागि श्रीलंका र बंगलादेश खेल्नेछ।

सागको ११औँ संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो। जसमा ११औँ संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत पदक विजेता बनेको थियो। १२औँ संस्करणमा भारत स्वर्ण विजेता र पाकिस्तान रजत पदक विजेता हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.