|

हेटौंडाः प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले मनहरी गाउँपालिका ६ स्थित प्रतापपुरमा निर्माण थालिएको तटबन्धनको शिलान्यास गरेका छन्। 

शनिबार बिहान आयोजित शिलान्यास समारोहमा बोल्दै खतिवडाले निकै सकसपूर्ण संघर्षपछि प्राप्त भएको बजेटको दुरुपयोग हुन नदिनका लागि समुदायका अगुवालाई आग्रह गरे। उनले तटबन्धन निर्माणका लागि आफूले केन्द्रमौ ठूलै लडाइँ लड्नुपरेको प्रसंग उठाउँदै प्रतापपुरदेखि लोथरखोलासम्म जोड्न् तटबन्धन निर्माणको कार्यलाई निष्कर्षमा पुर्‍याउने गरी काम गरिने बताए।

‘ग्यारेन्टी नभएका विषयहरूमा झुटा आश्वासन दिएर मात्रै पनि हुँदैन’, सांसद खतिवडाले भने। उनले चालू आर्थिक वर्षमा १ हजार ७ सय मिटर बलियो तटबन्धन निर्माणका लागि गरिएको पहलले सार्थकता पाएकामा खुसी व्यक्त गर्दै प्रभावकारी काम देखाउन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन पनि दिए। 

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले प्रतापपुर संरक्षणको विषयलाई स्थानीय सरकारले मात्रै टार्न नसकिने भएकाले संघीय सरकारसमक्ष पहलकदमी गरिएको बताए।

कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, ६ नं वडाध्यक्ष गोपीलाल मुक्तान, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ लगायतको सहभागिता रहेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.