|

काठमाडौं : कालिमाटी तरकारी थोक बजारमा आज प्रायः तरकारीको भाउ स्थिर छ। 

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज प्रतिकेजी ठूलो गोलभेडाको मूल्य ६० देखि ७० रुपैयाँ र रातो आलु प्रतिकेजी ४८ देखि ५० रुपैयाँमा किनबेच भईरहेको छ। 

यस्तै सुकेको प्याज प्रतिकेजी १७५ देखि १८५ रुपैयाँ, गाजर प्रतिकेजी ९५ देखि १०० रुपैयाँ, बन्दा ४५ देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। 

स्थानीय काउली प्रतिकेजी ९५ देखि १०० रुपैयाँ, भन्टा ४० देखि ४५ रुपैयाँ, बोडी ५० देखि ६० रुपैयाँ, मटरकोशा/तिते करेला ७५ देखि ८० रुपैयाँ र भिण्डी प्रतिकेजी १०० देखि ११० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भईरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.