|

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा आज विभिन्न स्पर्धामा ३० स्वर्ण पदकका लागि खेल हुँदै छन्।

 ह्याण्डबलको उपधिका लागि नेपालले भारतसँग भिड्दै छ।  पौडीमा सर्वाधिक आठ स्वर्णको लागि प्रतिस्पर्धा हुदैछन्।  यस्तै कुस्तीमा ६ स्वर्णको प्रतिस्पर्धा हुदैछ। जनकपुरमा जारी छ। कुस्तीमा हिजो ५५ केजी तौल समूहमा नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी छन्।

फेन्सीङमा २ र स्क्वासमा दुइ स्वर्णको लागि खेल हुदैछ भने लन टेनिसमा ४ स्वर्णको लागि प्रतिस्पर्धा हुदैछ। यस्तै बिच भलिबलमा पनि स्वर्णको लाग प्रतिस्पर्धा हुदैछ। अहिलेसम्म नेपाल पदक तालिकामा ४३ स्वर्णसहित दोस्रो स्थानमा छ।

नेपालले ४३ स्वर्ण ३४ रजत र ६५ कास्य पदक जितेको छ। भारत पदक तालिकाको शीर्ष स्थानमा छ। उसले ११० स्वर्ण ६९ रजत र ३५ कास्य पदक जितेको छ। त्यस्तै ३० स्वर्णसहित श्रीलंका तेस्रो स्थानमा छ। उसले ३० स्वर्ण ५७ रजत र ८३ कास्य जितेको छ।

पाकिस्तान २३ स्वर्ण ३० रजत र ३४ कास्य जित्दै चौथो स्थानमा छ।  बंगलादेशले ७ स्वर्ण २२ रजत र ५५ कास्य पदक जितेको छ। त्यस्तै माल्दिभ्सले १ स्वर्ण पदक २ कास्य पदक जितेको छ। त्यस्तै भूटानले ६ कास्य पदक जितेको छ।

 त्यस्तै  नेपाली फुटबल टिमले फाइनल प्रवेशको लागि समूह चरणको अन्तीम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.