|

अनाजमण्डीमा लागेको आगोमा  जलेर भारतमा ४३ जनाको मृत्यु भएको छ। राजधानी नयाँदिल्लीस्थित रानी झाँसी सडकमा रहेको अनाजमण्डीमा आइतबार बिहानै आगो लागेपछि ठूलो जनधनको क्षति भएको हो। 

अहिले आगलागी भएको स्थानमा दर्जनौं बारुणयन्त्र (दमकल) र अग्निनियन्त्रकहरु परिचालन गरिएको छ। आगोमा जलेर हालसम्म ४३ जनाको मृत्यु भैसकेको र जलेकामध्ये १५ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

बिजुली 'सर्ट–सर्किट' भएर आगो लागेको अनुमान गरिएको छ। अहिले आगो नियन्त्रणमा आईसकेको छ। सुरक्षाकर्मीहरुले आगलागीमा फसेका मानिसहरुको उद्दार गरिरहेको छ। 

आगलागीमा परेका अधिकांश मानिसहरुको आधाभन्दा बढी शरीर जलेको छ। घाइतेहरुलाई दिल्लीका चारवटा फरक–फरक अस्पतालमा भर्ना गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.