झडपपछि प्रहरीद्वारा हवाई फायर, बजार बन्द

|

नेपालगञ्ज : ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि बाँके प्रमुख व्यापारिक केन्द्र कोहलपुर तनावग्रस्त बनेको छ। ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन्। 

कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएपछि तोडफोड र आगजानी भएको छ। घाइतेको  अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि आक्रोशित विद्यार्थीहरुको समूहले ट्रक तोडफोड र आगजनी गरेका छन्। 

आक्रोशित विद्यार्थीले नेपालगञ्ज-कोहलपुर सडकमा कयौँ गाडीमा तोडफोड गरेका छन्। तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ। त्रिभूवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ।

प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन्। भीड तितरबिर पार्न प्रहरीले हवाई फायर गरेको छ। ठूलो भीड खन्निएपछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको छ। 

झडपपछि सडक ठप्प छ। तनाव बढेपछि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगन्जबाट प्रहरीको थप बल मगाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.