धनगढी : सुदूरपश्चिम महोत्सव धनगढीमा सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो।
महोत्सवको पूर्वउपप्रधान तथा रक्षा मन्त्री भीम रावलले उद्घाटन गरेका हुन्। रावललाई आयोजक कैलाली उद्योग वाणिज्य संघले सात किलोको माला लगाउँदै सातबुँदे मागसमेत पेस गरेको छ।
प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रीय अस्पतालको रूपमा विकास गरिनुपर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्नुपर्नेलगायतका सातबुँदे माग उद्योग वाणिज्य संघले रावलसँग राखेको हो।
महोत्सव आउँदो पुस २ गतेसम्म सञ्चालन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। महोत्सवकामा तीन सय स्टलहरू रहेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए। महोत्सवभित्र रहेका विभिन्न व्यापारिक तथा खानाका परिकारहरू रहेको स्टलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढेको थियो।
आइतबार महोत्सवको पहिलो दिन नै स्टलहरूमा किनमेल गर्ने र रमाउनेहरूको घुइँचो थियो। आयोजक कैलाली उद्योग वाणिज्य संघले तीन लाख बढी दर्शकले महोत्सवको अवलोक गर्ने अपेक्षा गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।