|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अनुसन्धान नहुँदा कार्यक्रम ल्याउन नसकिएको बताएका छन्।

बारबरा फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको बताएका हुन्। उनले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटीको अवस्थालाई बढाउनुपर्ने चुनौति रहेको समेत बताए।

मन्त्री भट्टराईले हिमाली क्षेत्रमा कनेक्टिभिटीको विकास तथा ग्रेटर लुम्बिनीको अवधारणाका लागि पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रको अनुसन्धान गर्नका लागि आवश्यक व्यवस्था गर्नेसमेत बताए। 

मन्त्री भट्टराईले देशमा रहेका सबै सांस्कृतिक ठाउँहरूलाई योजना बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवस्यकता रहेको बताए। उनले नेपालको जिडिपिमा कम्तिमा पनि १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुनुपर्ने र त्यसका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्न लागिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.