|

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले तीनवटै तहका सरकारबीच समन्वय हुन नसक्दा कृषिका योजना प्रभावित भएको बताए।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकारसँग कुरागर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहुँदा कृषिका योजनाहरू कार्यान्वयन गर्न नसकिएको बताएका हुन्। त्यसका लागि प्रदेश सरकारका कृषि मन्त्रीसँग आइतबार मन्त्रालयमा छलफल गरिरहेको समेत उनले बताए।

उनले तीनवटै तहका सरकारबीच समन्वय स्थापित गर्न संयन्त्र बनाई काम गर्ने सम्भावना रहेको समेत बताए। कृषिको व्यावसायिक विकासबिना मुलुकको समृद्धि र विकास हुन नसक्ने बताउँदै त्यसका लागि पनि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनले बताए।

यस्तै, मन्त्री भुसालले आफू मन्त्रालयमा आएदेखि प्रशासनको कामलाई व्यवस्थित बनाउने, सेवालाई प्रभावकारी बनाउने तथा सुशासन स्थापित गरी कृषिका नयाँ नीतिलाई अगाडि सार्ने विषयमा ध्यान दिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.