|

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ।  

युरो एकको खरिददर १२५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ्ग एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५ पैसा तोकिएको छ।  

आज एक सिङ्गापुर डलरको खरिददर ८३ रुपैयाँ ५० पैसा र बिक्रीदर ८३ रुपैयाँ ९४ पैसा तोकिएको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा कायम भएको छ।

कतारी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। यसैगरी, यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९ पैसा छ। आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा तोकिएको छ। आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकिएको छ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा तोकिएको छ। बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

विनिमयदर सूची :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.