|

काठमाडौं :  सूचना आयोगमा प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ सहित दुइजना आयुक्तको सिफारिस भएको छ। 

उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको सिफारिस समिति बैठकले पदाधिकारी सिफारिस गरेको हो। समितिले प्रमुख आयुक्तमा पूर्वसचिव महेन्द्रमान गुरुङको नाम सिफारिस गरेको छ। उनी गत कात्तिक २० गतेमात्र  सञ्चार तथा सूचना प्रविधी मन्त्रालयको सचिवबाट अवकास प्राप्त हुन्। 

समितिले आयुक्तमा अधिवक्ता कमला वली थापालाई सिफारिस गरेको छ। यस्तै, अर्का आयुक्तमा रत्नप्रसाद मैनाली (दीपक) लाई सिफारिस गरेको छ। झापा माइती भएकी हाल काठमाडौंमा कानूनव्यवशाय गर्ने कमला बाजुराका नेकपा नेता तथा केन्द्रीय सदश्य कर्ण थापाकी श्रीमती हुन् भने काभ्रे निवासी मैनाली तत्कालिन माओवादी निकट पत्रकार हुन्।

सिफारिस समिति अध्यक्ष तुम्बाहाङ्फेले पदाधिकारी सिफारिस गरिएको बताइन्। उनले सिफारिस अनुसार नियुक्तिको प्रक्रिया भने बाँकी रहेको जानकारी दिइन्।  सिफारिस समितिमा सभामुख सञ्चार मन्त्री नेपाल पत्रकार महासंघका सभापति समेत रहने व्यवस्था छ । सिफारिस अनुसार आयोगका पदाधिकारी मन्त्रिपरिषदले नियुक्त गर्नेछ। अहिलेका पदाधिकारीको कार्यकाल पुस तेस्रो साता सकिँदैछ। हाल कृष्णहरि बाँस्कोटा प्रमुख आयुक्त  किरण पोखरेल र यशोदा तिम्सिना आयुक्त छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.