|

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले साग फुटबल फाइनलको टिकट मूल्य दोब्बरले बढाएको छ। 

भोलि मंगलबार दिउँसो तीन बजे दशरथ रङ्गशालामा नेपाल र भुटानबीच साग फुटबलको फाईनल खेल हुँदैछ। 

रङ्गशालाकै प्याराफिटमा गएर साग फूटबलको फाईनल हेर्न चाहने दर्शकले अब सामान्य ग्यालरीका लागि एकहजार रुपैयाँ र भिआइपी ग्यालरीका लागि दुई हजार रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ।

यही टिकट प्रयोग गरी दर्शकले सागको समापन समारोह समेत अवलोकन गर्न पाउनेछन्। रङ्गशालामा दर्शको अत्याधिक चापलाई व्यवस्थित गर्न टिकटको मूल्य बढाइएको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.