|
बक्सिङबाट स्वर्ण जितेकी मिनु गुरुङ । तस्बिर : शिला तिमल्सिना

काठमाडौं :  बक्सर मिनु गुरुङले सोमबार २० वर्षपछि खुसी फर्काइन्। बक्सिङतर्फ लामो समयदेखि लागिरहेको स्वर्णको खडेरी उनले भारतीय खेलाडीलाई हराउँदै तोडिन्। 

लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जिताउँदा मिनुको अनुहार चम्किलो भएको थियो। उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि बक्सिङबाट स्वर्ण जित्दा लामो खडेरी तोडियो।

सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको ५४ केजीतर्फको प्रतिस्पर्धामा मिनु गुरुङले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन्। मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण पदक जितेकी हुन्। 

सन् १९९९ को आठौं सागपछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो। मिनुले १२ औं सागमा कास्य पदक जितेकी थिइन्। स्वर्ण जितेपछि आफ्नो मेहनत र प्रशिक्षणहरुको उत्कृष्ट प्रशिक्षणले यो सम्भव भएको उनले बताएकी छन्। 

सबै तस्बिरहरु : शिला तिमल्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.