निवासमै आराम गर्दैछन् प्रधानमन्त्री

|

काठमाडौं :  प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यबारे सञ्चारमाध्यमले अतिरञ्जना फैलाएको बताएका छन्। 

केही दिनअगाडि गम्भीर विरामी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले नकारात्मक हल्ला फैलाएको गुनासो गरेका हुन्।

 प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे सोमबार सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यलयमा पत्रकारहरुसँगको अनौपचारिक भेटघाटका क्रममा सल्लाहकार थापाले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य हुँदा पनि नराम्रो हल्ला फैलाएको बताएका हुन्।

‘भेन्टिलेटरमानै नभएको विरामीलाई भेन्टिलेटरमा राखियो भनेर भम्र फैलाइयो,' उनले भने, '१२ दिनअघि प्रधानमन्त्रीमा जुन स्वास्थ्य सस्या देखिएको थियो, त्यसमा चिकित्सकहरुले गरेको भूमिका सहरानीय रहेकाले दोष दिने ठाउँ छैन।'

‘उहाँमा जुन समस्या देखियो त्यसको उपचारको लागि अस्पताल पुर्‍याउन भने केही ढिलो भएकै थियो', उनले भने, 'समयमै समस्या पहिचान भएको थिएन। अस्पताल लगेपछि चिकित्सकहरुले उत्कृष्ट ढंगले जिम्मेवारी पुरा गरे। उनीहरुको भूमिकामा दोष लगाउने ठाउँ छैन।‘

उनले आगामी दिनमा प्रधानमन्त्रीको स्वास्थ्यबारे गलत हल्ला नफैल्याउन पत्रकारसँग आग्रह गरेका छन्। प्रधानमन्त्री उपचाररत रहँदा उनका सम्बन्धमा आएको समाचारको विषयलाई लिएर आक्रोशित उनले अनलाइन मिडिया र केही पत्रिकाहरुले प्रधानमन्त्रीको स्वास्थ्यस्थिति र अवस्थाबारे अतिरञ्जित प्रचार गरेको आरोपसमेत लगाए।

आराम गर्दै ओली

अस्पतालमा १० दिनको उपचारपछि पाँच दिनअघि बालुवाटार फर्किएका प्रधानमन्त्री ओली हाल आराम गरिरहेको थापाले बताए। उनले भने, 'अत्यआवश्यक भेटघाट र काम बाहेक प्रधानमन्त्रीज्यूले चिकित्सकको सल्लाह अनुसार आराम गरिरहनु भएको छ।'

अस्पतालबाट डिस्चार्ज हुने बेला चिकित्सकहरुले प्रधानमन्त्रीको फलोअप उपचार निवासमै गर्ने निर्णय लिएका उनले सुनाए। हाल चिकित्सक तथा नर्सहरुले निवासमै आएर फलोअप उपचार गरिरहेको उनले बताए। प्रधानमन्त्रीले हाल चिकित्सकको उच्च निगरानीमा निवासमै फिजियोथेरापी गराइरहेका छन्।

१३ वर्ष अगाडि मिर्गौलाको  प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण फैलिएपछि मंसिर १० गते शल्यक्रिया गरिएको थियो। मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमै प्रधानमन्त्री ओलीको मिर्गौलाको पनि नियमित डायलाइसिस गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.