|

जनकपुरधाम : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरमा भएको कुस्ती खेलमा भारत सोमबार पनि दुई स्वर्ण पदक जित्न सफल भएको छ। 
सोमबार भएको ६८ केजी र ७४ केजी तौल समूहमा भारतले थप दुई स्वर्ण पदक हात पार्न सफल भएको हो।

महिलातर्फ ६८ केजी तौल समूहमा भारतकी अनिताले स्वर्ण पदक जित्न सफल भइन्। यस्तै ७४ केजी तौल समूहमा भारतकै गौरब बालियानले स्वर्ण पदक हात पारिन्।महिला तर्फको ६८ केजी तौल समूहमा श्रीलंकाकी मालाले रजत र बंगलादेशकी रोईतिथीले कास्य जितेकी छन्। यस्तै पुरुषतर्फ ७४ केजी तौल समूहमा श्रीलंकाका लकमलले रजत र बंगलादेशका सेपोन शेखले कास्य पदक जितेका छन्।

कुस्तीमा हालसम्म भारतले १४ स्वर्ण, पाकिस्तान ३, श्रीलंका २ र नेपालले १ स्वर्ण जितेको छ। नेपालको तर्फबाट कंचनपुरकी संगीता धामीले स्वर्ण जितेर इतिहास रचेकी छन्। यसअघि नेपालका कुस्तीबाजले स्वर्ण जितेका थिएनन्।

आज स्वर्ण, कास्य र पदक विजेतालाई प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सम्मान गरे। मन्त्री यादवको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा उनले विजेतालाई पदक हस्तान्तरण गरे। 

मन्त्री यादवले नेपालका तर्फबाट स्वर्ण, कास्य र पदक जितेका खेलाडीलाई धन्यवाद ज्ञापन गरेका थिए। खेलकुदले व्यक्ति अनुशासित हुनुका साथै राष्ट्रको शिर उँचो पार्ने गरेकाले कुस्तीको विकास हुनुपर्ने समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.