|

हेटौँडा : प्रदेश ३ सरकारले जारी १३औं दक्षिण एसियाली खेलकुद  (साग)  प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई प्रोत्साहन गर्ने भएको छ।

सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश-३ का पदक विजेता खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो। 

सरकारले स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख रुपैयाँ, रजत पदक ल्‍याउने खेलाडीलाई जनही ५० हजार रुपैयाँ र कांस्य ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँसहित सम्‍मान र प्रोत्साहन गर्ने निर्णय गरेको प्रदेश ३ का प्रेस रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.