|

चितवन : जिल्लाको इच्छाकामना गाउँपालिकाको सवै वडा कार्यालयहरू कामकाज ठप्प भएको छ।

वडा न २ का अध्यक्ष पञ्चबहादुर चेमाङमाथि आक्रमण भएपछि गाउँपालिकाका ७ वटै वडा कार्यालयले अनिश्चितकालका लागि कामकाज ठप्प पारेका हुन्।आइतबारदेखि नै सवै वडा कार्यालयले काम ठप्प पारेको वडा न ६ का अध्यक्ष भूपेन्द्र चेपाङले बताए।

आक्रमणमा सम्लग्नलाई पक्राउ गरी कार्वाही नगरेसम्म नियमित काममा नफर्कने चेपाङको भनाई छ। वडाअध्यक्षहरूले संयुक्त रुपमा दोषीलाई कारवाहीको माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन्।

जिल्लाको एक मात्रै र पहाडी क्षेत्रमा रहेको गाउँपालिका इच्छाकामना गाउँपालिकाको सवै वडा कार्यालयहरू ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्। कांग्रेसका स्थानीय कार्यकर्ताहरू उत्तर गुरुङ, वीर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ र जोखालाल चेपाङले वडा अध्यक्ष पञ्चबहादुर चेपाङसहित नेकपाका सोही वडाका वडा अध्यक्ष प्रकाश बुढाथोकीमाथि शनिबार कालोमासो दल्नुका साथै जुत्ताको माला लगाएका थिए। 

गाउँपालिका २ स्थित प्राथमिक विद्यालयनजिक जोखालाल चेपाङको घरमा कांग्रेसले तालाबन्दी गरेको अवस्थामा रहेको वडा कार्यालय सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आदेश बमोजिम सामुदायिक भवनमा सार्न खोज्ने क्रममा वडा अध्यक्ष चेपाङ र बुढाथोकीमाथि दुर्व्यवहार भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.